एनआईसी एशिया बैंकको शाखा सप्तरीको महादेवामा, गाउँपालिका अध्यक्षले गरे प्रशंसा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2019 | 10:42:52 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक लिमिटेड NIC Asia Bank Limited  को महादेवा गाउँपालिका वडा नम्बर ६ सप्तरी स्थित महादेवा शाखा संचालनमा आएको छ। उक्त शाखाको उद्घाटन महादेवा गाउपालिकाका अध्यक्ष दिपक कुमार यादबले गरे। 

उद्घाटन अवसरमा बोल्दै अध्यक्ष यादबले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएकोमा बैंकको प्रशंसा गरे। यससंगै बैकको शाखा संख्या २७७ पुगेको छ। 

हाल बैंकले २७७ शाखा कार्यालय, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।     

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved