सनराइज बैंक Sunrise Bank Limited ले आफ्ना ग्राहकलाई थप सुविधा दिने उदेश्यले भारत स्थति बिएलके र नानाभाति सुपर स्पेसालीटिसंग सम्झौता गरेको छ। सम्झौताअनुसार सनराइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक बर्गले हस्पिटलका बिभिन्न सेवा सुविधाहरुमा अधिकतम ५० प्रतिशतसम्म छुट पाउनेछन।
यस सम्बन्धि सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हस्पिटलका तर्फबाट प्रमुख बिक्रि तथा बजार प्रबन्धक सुनिल कपुरले हस्ताक्षर गरे।
सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले साधारण परिक्षणदेखि भर्ना खर्चसम्ममा ५० प्रतिशत छुटको साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने जनाइएको छ।
यो योजनाले बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गलाई लाभान्वित बनाउने बैकले आशा लिएको छ। सनराइजले सम्झौता गरेका यी दुई अस्पताल भारतका प्रतिष्ठित अस्पताल हुन। यिनीहरुले बिभिन्न देशक ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएका छन।