महिला सहयात्रा माइक्रोफाईनान्सलाई अन्तराष्ट्रिय अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2019 | 04:46:04 PM मा प्रकाशित

laxmi  sunrise bank

महिला सहयात्रा फाईनान्स वित्तिय संस्थाले अन्तराष्ट्रिय अवार्ड जितेको छ । संस्थाले ‘राजकुमारी सविका विन्त ईव्राहिम अल खलिफा ग्लोवल अवार्ड’ जितेको हो । यस संस्थाले विश्वभरका एक हजार ८८७ प्रतिष्पर्धि कम्पनीलाई पछि पार्दै १ लाख अमेरिकी डलर पुरस्कार जितेको हो । 

सार्वजनिक, निजि, गैर सरकारी र स्वतन्त्र गरि चार विधामा दिईने पुरस्कारमध्ये निजि संस्थाको तर्फबाट महिला सहयात्राले अवार्ड प्राप्त गरेको हो 

संस्थाले ६ बर्षदेखि वित्तिय गतिविधि सञ्चालन गर्दै आईरहेको छ । संसथाले लघुवित्त सेवामा महिलाको पहुँच पुर्याउन र यसका अलवा सिप विकास तालिम तथा बजारीकरण सम्बन्धि कार्य गरिरहेको छ । 

१७ वटा जिल्लामा २६ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको संस्थाले १९ हजार सदस्यलाई कर्जा उपलब्ध गराएको छ । हाल संस्थाको चुक्ता पूँजी १२ करोड १० लाख रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved