सिद्धार्थ बैंक Siddhartha Bank Limited बाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झौता भएपछि सिद्घार्थ बैंकका १४६ वटै शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री हुनेछ ।
महालक्ष्मी लाईफको साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक भएका छन् । महालक्ष्मी लाईफले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत र दाङ्गबाट कारोबार प्रारम्भ गरिसकेको छ । चैत्र महिनाभित्र काठमाण्डौं उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तयारी गरेको छ ।
सम्झौतामा बैंकको तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सको तर्फबाट सहायकमहाप्रबन्धक सपना खरेलले हस्ताक्षर गरे ।