सिटिजन्स बैंक Citizens Bank International Limited को प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भएका छन् । चैत्र ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेका पोखरेललाई चैत्र १८ गतेबाट लागु हुने गरि आगामी ४ वर्षको लागी सिइओमा नियुक्त गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समयावधि समाप्त भएपछि पोखरेल सिइओमा नियुक्त भएका हुन् । उनले २०६५ साल देखि बैंकको दोस्रो वरियतामा रहेर काम गर्दै आएका थिए ।