एनसीसी बैंक अवकाश कोषद्वारा ७० प्रतिशत लाभांश वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2019 | 07:17:26 PM मा प्रकाशित

laxmi  sunrise bank

एन. सी. सी. बैंक अवकाश कोषले ७० प्रतिशत लाभांश वितरण गरेको छ । कोषले  २०७५ आषाढ मसान्तसम्मको संचित बचतबाट ७० प्रतिशतले हुन् आउने ३ करोड ६२ लाख ७० हजार रुपैया वितरण गरेको हो  । 

उक्त कोष नेपाल क्रेडिट एण्ड कमर्श बैक लि. अन्तर्गत रही नेपाल राष्ट्र बैंक र नेपाल सरकार, आन्तरिक राजश्व विभागबाट स्वीकृती लिई विगत १६ वर्ष देखि छुट्टै यूनिटको रुपमा संचालित छ ।  कोषले करिब २०० भन्दा बढी संघ संस्थाका सबै ग्राहक कर्मचारीहरुलाई सोही अवधिको संचित अवकाश कोषमा रहेको मौज्दातको १.८३ प्रतिशत लाभांश सम्बन्धित अवकाश कोष खाताहरुमा जम्मा हुने गरी वितरण गरेको छ ।

कोषले १२२ शाखाहरु मार्फत संचयकोष, अवकाश कोष, उपदान कोष, संचित बिदा कोष लगायत अन्य कोषहरुको खाता खोल्ने, संचित बचतको ९०% सम्म कर्जा दिने एवं अवकाश पाएका कर्मचारीहरुलाई संचित कोष रकम फिर्ता भुक्तानी दिने जस्ता कार्यहरु गर्दै आईरहेको छ । कोषले सबै ब्यक्तिगत संचयकर्ताहरुका लागि प्रत्येक वर्ष रु. १५ हजार सम्मको निःशुल्क औषधोपचार बिमा सुविधा पनि प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved