कोरियामा रहेका नेपाली लक्षित मेगा बैंकको ‘मेगा मातृभूमि बचत खाता’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2019 | 04:04:37 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक @M र दक्षिण कोरियाको कोइनसट रेमिट्यान्स कम्पनीबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । कोइनसटसँग रेमिट्यान्स सम्झौता गर्ने मेगा बैंक नेपालको पहिलो वाणिज्य बैंक हो । यो सम्झौताले दक्षिण कोरियामा रहेका नेपालीहरुले मेगा बैंकका शाखा र अन्य बैंकहरुमा समेत रकम जम्मा गर्न सक्नेछन् । 

बैंकले ‘मेगा मातृभूमि बचत खाता’ को व्यवस्था पनि गरेको छ । दक्षिण कोरियामा रहेका बैंकका प्रतिनिधिमार्फत शून्य मौज्दातमै खोल्न सकिने यो खातामा बैंकले ६.५ प्रतिशत त्रैमासिक ब्याज दिने जनाएको छ । भिसा डेबिट कार्डमा २५ प्रतिशत छुट सहित आवास कर्जा र सवारी साधन कर्जामा पनि छुटको व्यवस्था बैंकले गरेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved