भारतको मुथुट र युनाइटेड फाइनान्सबीच लगानी सम्बन्धी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2019 | 11:27:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सुन धितो राखेर कर्जा दिने भारतीय मुथुट फाइनान्सले नेपालको वित्तीय क्षेत्रमा लगानी गरेको छ। भारतीय मुथुट ग्रुप अन्तर्गतको मुथुट फाइनान्सले नेपालको युनाइटेड फाइनान्समा साझेदारी गर्ने गरि लगानी ल्याएको हो। 

मुथुट फाइनान्सका अध्यक्ष एमजी जर्ज मुथुत र युनाइटेड फाइनान्सका अध्यक्ष बसन्त चौधरीबीच ३९ करोड ९० लाख बराबरको लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। यस ग्रुपले यसअघि नै नेपाली फाइनान्स क्षेत्रमा लगानी ल्याउने समझदारी गरेको थियो। तर लगानी सम्मेलनको अवसरमा चौधरी ग्रुपले मुथुटलाई नेपाल ल्याएर लगानी पक्का गराएको हो।

मुथुत ग्रुपले प्रति कित्ता १ सय ९० रुपैयाँका दरले युनाईटेड फाइनान्सको २१ लाख कित्ता सेयर किनेको छ। भारतको केरलमा मुख्यालय रहेको मुथुट समूहका ६७ करोड ग्राहक छन् । यो समूहलाई युनाइटेड फाइनान्सले रणनीतिक साझेदारका रुपमा नेपाल भित्र्याएको हो । भारतमा गोल्ड लोनमा मुथुट समूह सबभन्दा ठूलो मानिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved