डलर स्मार्ट मार्फत उच्च दरमा सित्तैमा रेमिट्यान्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2019 | 11:31:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सन्राइज बैंक लिमिटेड Sunrise Bank Limited  तथा डलर स्मार्र्र्ट ग्लोबल बिच विप्रेषण सेवा सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता अनलाइन रेमिट्यान्स प्रणालीको भएकाले अष्ट्रेलिया र हङ्ग्रकङ्गमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन अझ सरल र सुलभ हुने बैंकको बिश्वास छ। 

डलर स्मार्ट मार्फत पैसा पठाउदा कुनै पनि सेवा शुल्क नलाग्ने साथै उच्च विनिमय दरमा रकम पठाउन सकिने बैंकले जनाएको छ। हाल यो सुविधा अष्ट्रेलिया र हङ्रकङ्रमा मात्र रहेको र आउने दिनहरुमा डलर स्मार्टको शाखा बिस्तार सहित अन्य मुलुकहरुमा समेत सेवा बिस्तार गरिने बैंकको भनाई छ।

बैंककाअनुसार डलर स्मार्टको सेवा लिन सेवाग्राहकहरुले डलर स्मार्टको वेभसाइटमा गइदर्ता प्रक्रिया पुरा गर्नुपर्नेेछ । यसरी पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका १०४ वटै शाखा तथा बैंकका देशभरी छरिएका एजेन्ट सञ्जाल मार्फत सजिलै नगद प्राप्त गर्न सकिनेछ । साथै बैंक खाताको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकको खाताहरुमा समेत एकैदिनमा रकम जम्मा हुने व्यवस्था छ। यस सेवाबाट नेपालमा अझ वैधानिक तवरले विप्रेषण रकम भित्रिने बैंकले बिश्वास लिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved