ग्लोबल आइएमई बैंकको स्थानीय तहमा शाखा खोल्ने 'कोटा' पुरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2019 | 11:28:58 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले आफुलाई तोकिएको सबै स्थानीय तहमा शाखा संचालनमा ल्याएको छ। बाणिज्य बैंकहरुलाई २४३ तहमा शाखा स्थापना गरि संचालनमा ल्याउन राष्ट्र बैंकले दिएको निर्देशनअनुसार ग्लोबल आइएमई बैंकले आफ्नो हिस्सामा परेको १७ वटै स्थानीय तहमा शाखा संचालनमा ल्याएको हो। 

बैकले चैत १८ देखि संखुवासभाको भोटखोला गाँउपालिका वडा नं. ३ हटियाबजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएसंगै उसको आफ्नो 'कोटा' पुरा भएको हो। 

यससंगै ग्लोबल आइएमई बैंकको शाखा कार्यालयको संख्या १३५ पुगेको छ। बैंकले देशभरका आफ्ना १३५ शाखा कार्यालय, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२४ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि-सम्पर्क कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। नेपाल राष्ट्र बैंककाअनुसार ७५३ स्थानीय तहमध्ये ७११ तहहरुमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन।     

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved