वार्षिकोत्सवको अवसरमा जनता बैंकद्वारा विविध कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2019 | 07:45:51 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल Janata Bank Nepal Limited  दशौँ बर्षमा प्रवेश गरेको छ। बिभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमको आयोजना गरि बैकले आफ्नो दशौँ वार्षिकोत्सव मनाएको छ। बैंकले प्रभातफेरी, निशुल्क स्वास्थ्य शिविर, रक्तदान, छात्रवृत्ति तथा सहयोग वितरणको कार्यक्रम सम्पन्न गरेको छ। 

बैंकले बैकिङ्ग साक्षरता सम्बन्धी चेतना मुलक ब्यानर र प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष, संचालकहरु र काठमाडौं उपत्यकाका शाखामा रहेका कर्मचारीहरुको सहभागिता थियो।  

महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि बैंकले कुन्तावेशी शाखा, काभ्रेपलान्चोकमा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ। जसमा १९६ जना महिलाहरुले स्त्री तथा प्रसुति रोग सम्बन्धि स्वास्थ्य परिक्षण गराएका छन् । सो मध्ये आङ खस्ने सम्बन्धि समस्याको अप्रेशन गर्नु पर्ने  बिरामीको निःशुल्क अपे्रशनको व्यवस्था मिलाइएको थियो। 

शिविरमा २५० जनाले जनरल मेडिसिन चेकअपको सेवा लिएका थिए भने सबैलाई निःशुल्क औषधि वितरण गरिएको थियो । यसैगरी केन्द्रिय कार्यालय, सेन्ट्रल बिजनेस पार्क, थापाथलीमा निःशुल्क थायोराइट, सरभाईकल क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धित परिक्षण शिविर राखिएकोमा २६७ जनाले सेवा लिएका थिए । 

त्यस्तै सुर्खेत शाखा, विरेन्द्रनगर सुर्खेतमा निःशुल्क दन्त परिक्षण शिविर राखिएकोमा २०० जनाले सेवा लिएका थिए। रुपनी शाखा, सप्तरीमा गरिएको वृहत आँखा शिविरमा १३५ जनाको निःशुल्क मोतिविन्दुको अप्रेसन गरिनुका साथै निःशुल्क चस्मा पनि वितरण गरिएको थियो।

बैंकको केन्द्रिय कार्यालय थापाथली, सुर्खेत, घोराही, नारायणघाट, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका शाखाहरुमा रक्तदान कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रमबाट १६० प्वाइन्ट रगत संकलन भएको जनाइएको छ।

बैंकले मुर्गिया शाखाबाट निःसहाय तथा जेहनदार विधार्थीहरुलाई शैक्षिक साम्रगीहरु हस्तान्तरण गर्नुका साथै महेन्द्रनगर र नारायगढ शाखाको बृद्धाआश्रमहरुमा खाना खुवाउने व्यवस्था समेत गरेको छ। त्यस्तै बैंकले सरकारी स्कुलमा अध्ययनरत दुई बिद्यार्थीलाई १० हजार नगद छात्रवृत्ति वितरण गरेको छ। 

बैंकले हाल १२८ वटा शाखा कार्यालय, ९४ वटा एटिम, ५० शाखा रहित बैंकिङ्गबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ। यस अवधिमा बैंकले ७० अर्ब ९४ करोड निक्षेप संकलन गरि ६५ अर्ब ६९ करोड कर्जा प्रवाह गरेको छ।          




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved