५ वटा अतिरिक्त भन्सारमा प्रभु बैंकको बैंकिङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2019 | 08:15:33 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  ले नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका पांच वटा अतिरिक्त भन्सार कार्यलयमा बैकिङ सेवा दिने भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा बैंकको तर्फबाट मुख कार्यकारी अधिकृत अशोक शेरचन र भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालबीच हस्ताक्षर भएको छ। 

सम्झौताअनुसार बैंकले रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर÷जटही भन्सार कार्यालयहरुमा बैंकले २०७६ बैशाख देखि बैंकको काउण्टरहरु संचालनमा ल्याई सेवा प्रदान गर्नेछ। 

भारतसंगको सिमानामा संचालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसंगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजस्व संकलनको आकडामा बृद्धि हुनजाने बिश्वास बैंकले लिएको छ। 

बैंकको सेवा प्रारम्भ भएसंगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरलरुपमा बैकिड. सेवाहरु प्राप्त गर्नेछन । साथै नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने बिश्वास बैंकले लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved