माछापुच्छ्रे बैंकको ३ नयाँ शाखा संचालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2019 | 06:59:03 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  ले एकै पटक तीन नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले मोरङ, नुवाकोट र रसुवामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो। 

बैंकले मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकिसिनवारी शाखा कार्यालय, नुवाकोटको विदुर नगरपालिका स्थित त्रिशुली शाखा कार्यालय र रसुवाको गोसाँईकुन्ड गाउँपालिका स्थित टिमुरे शाखा कार्यालयको संचालनमा ल्याएको हो। 

नयाँ शाखा मार्फत आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको बैंकले जनाएको छ। यससंगै बैंकको शाखा कार्यालय ९९ पुगेको छ। हाल बैंकले आफ्ना ९९ शाखा, ७६ शाखा रहित बैकिङ्ग सेवा गरी १७५ स्थानवाट तथा १२१ वटा एटीएमहरुबाट   ग्राहकलाई बैंकिङ सुविधा दिंदै आएको छ। 


     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved