शिखर इन्स्योरेन्सको बीमा कामना विकास बैंकबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2019 | 06:24:33 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक र शिखर इन्स्योरेन्सबीच सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकबाट नै सहज रुपमा शिखर इन्स्योरेन्सको निर्जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र शिखर इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले हस्ताक्षर  गरेका हुन् ।

बैंकले ८१ वटा शाखा, ३६ वटा एटिएम मार्फत बैकिंङ सेवा प्रदान गर्दै आईरहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved