सुरु भयो खाता खोल्ने अभियान, कसले बेहोर्छ जनताले पाउने १ सय रुपैयाँ ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 14, 2019 | 08:13:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ बर्ष २०७६ को शुभारम्भसंगै बैंकमा खाता खोल्ने ‘खोलौं बैंक खाता’ अभियान सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा गृहमा उदघाटन गरेर यस अभियानको सुरुवात भएको छ। 

प्रधानमन्त्री ओलीका बुवा मोहन प्रसाद ओली र सासू (राधिका शाक्यकी आमा) धनमाया शाक्यले बैंक खाता खोलेर यस अभियानको औपचारिक सुरुवात भएको छ। ओली र शाक्य दुवैले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेका हुन। 

‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ सुरु गरिएको यस अभियानमा नेपाली जनतालाई सहभागी गराउन एक सय रुपैयाँको आकर्षण 'प्याकेज' समेत ल्याएको छ। यस अभियान अन्तर्गत खाता खोल्दा बैंकले खातावाहकको खातामा एक सय रुपैयाँ जम्मा गरिदिन्छन।

बाणिज्य बैंकमा खाता खोल्नेहरुले मात्र यो अभियानमा सामेल हुन पाउनेछन। हाल संचालनमा रहेका २८ बाणिज्य बैंकमा खाता खोल्दा मात्र ग्राहकको खातामा एक सय रुपैयाँ जम्मा हुनेछ।   

नेपाली जनतालाई समृद्धिको अभियानमा जोड्नलाई यो अभियान थालिएको सरकारको दाबि छ। त्यसको त नेकपा नेतृत्त्वको सरकारले चालु आर्थिक वर्ष २०७५/७६ को बजेटमा नै हरेक नागरिकलाई बैंकिङ पहुँचमा ल्याउने लक्ष्य राखेको थियो। 

प्रत्येक स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने योजना अन्तर्गत बाणिज्य बैंकहरुलाई स्थानीय तहमा आफ्ना शाखा बिस्तार गर्न सरकारले निर्देशन दिएको थियो। यद्दपी अहिलेपनि करिब ४१ स्थानीय तह बाणिज्य बैंक बिहिन रहेको नेपाल राष्ट्र बैकको तथ्यांकमा उल्लेख छ।  

राष्ट्र बैंकले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार ७५३ स्थानीय तह मध्ये ७११ तहमा वाणिज्य बैंक पुगेका छन। भौगोलिक विकटता र पूर्वाधार अभाबका कारण सबै स्थानीय तहमा बैंक शाखा पुर्याउन नसकिएको बैंकहरुको भनाई छ।

कसले बेहोर्छ जनताले पाउने एक सय रुपैयाँ ?

बैंकहरुले आफ्नो खुद मुनाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने कानुनी व्यवस्था छ। बैंकहरुले बिभिन्न संघ, संस्था, बिद्यालय तथा अशक्त, बिरामी, अनाथ बालबालिका, सामग्री वितरण लगायतका काममा उक्त शिर्षकको रकम खर्च गर्दै आएका थिए। 

अब यहि सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम मध्येबाट यस अभियान अन्तर्गत खाता खोल्नेहरुलाई बैंकहरुले सय रुपैयाँ जम्मा गर्नुपर्नेछ।  

बैंकिङ पहुँच न्यून 

लघुवित्त तथा सहकारीहरुलाई समेत गणना गर्ने हो भने देशका धेरै स्थानहरुमा बैंकिङ पहुँच पुगेको छ। तर पनि बैंकमा खाता खोल्नेहरुको उपस्तिथीलाई हेर्ने हो भने र बैंकिङ कारोबारलाई आधार मान्ने हो भने अझैं पनि ४० प्रतिशत भन्दा बढी नेपाली जनता बैंकिङ पहुँच भन्दा बाहिर रहेका छन। 

बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाकाअनुसार हाल २ करोड ६८ लाख बैंक खाता खोलिएका छन। यो संख्या नेपालको जनसंख्या बराबर भएपनि एकै व्यक्तिले धेरै खाता खोल्ने भएकाले यस्तो देखिएको हो। अझैं पनि ४० प्रतिशत नेपाली जनताको बैंक खाता नभएको अध्ययनले देखाएको छ। नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढुंगानाले यस अभियानका कारण बैंक खाताको संख्या ३ करोडदेखि ४ करोडसम्म पुग्ने बताएका छन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved