सिहदरबारमा सरकारी बैंक, अर्थमन्त्री खतिवडा पहिलो ग्राहक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2019 | 09:11:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले सिंहदरबार परिसरमा आफ्नो बैंकिङ कारोबार थालेको छ। सिंहदरबार परिसरमा २१८ औं शाखा स्थापना गरि बैंकले आफ्नो उपस्तिथी जनाएको छ। 

केहि निजि बैंकले सरकारी खाता संचालन गरेकोप्रति बिरोध भएपछि सरकारले सरकारी स्वामित्वको बाणिज्य बैंकलाई सिंहदरबारमा प्रवेश गराएको हो। संघीय संसद तथा मिनी संसदमा समेत सरकारी खाता संचालनमा निजि बैंकको 'सिन्डिकेट' भएकोमा बिरोध उठेपछि सरकारले यस्तो कदम चालेको हो। 

संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा खोलिएको शाखाको उद्घाटन गरेका छन। यस शाखा संचालनले सरकारी आर्थिक कारोबार गर्न थप सहयोग पुग्ने गुरुङले उद्घाटन अवसरमा बताए। 

राष्ट्रिय बाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्लामा रहेका २१८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिंदै आएको छ। 

अर्थमन्त्री ड़ा युबराज खतिवडा पहिलो ग्राहक 

अर्थमन्त्री ड़ा युबराज खतिवडाले सिंहदरबार परिसरमा औपचारिक रुपमा आजदेखि संचालनमा आएको राष्ट्रिय बाणिज्य बैंकको शो शाखाबाट पहिलो खाता खोलेका छन। 

मन्त्री खतिवडाले चैत १८ गते दिनको २ बजेर ४५ मिनेट जाँदा शो शाखाबाट आफ्नो 'तलब बचत' खाता खोलेको बैंकका कर्मचारीले बिजपाटी डटकमलाई जानकारी दिएका छन।  बैंकले संचालनमा ल्याएको 'स्यालरी सेभिङ' खातामा ग्राहकले बार्षिक साढे चार प्रतिशत ब्याज पाउँने त्यस शाखामा सहायक पदमा कार्यरत बुद्द लक्ष्मी श्रेष्ठको भनाई छ। उनकाअनुसार यस योजनाअन्तर्गतको खातामा खातावालले एटिएम र मोबाइल बैंकिङको सुविधा निशुल्क पाउँछन। 

  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved