एनआईसीका ग्राहकलाई क्यान्सर हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2019 | 06:22:12 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया NIC Asia Bank Limited का ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा छुट हुने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार एनआईसीका ग्राहकले नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका हुन् । बैंकका कर्मचारी, कर्मचारीका परिवार र बैंकका ग्राहकले यो सुविधा पाउनेछन् ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र हस्पिटलको तर्फबाट कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठले हस्ताक्षर गरे ।
एनआईसीले हाल २८१ शखा, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved