कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले पोखराको विरौटा शाखालाई सेलवेज र्माट भएको भवनमा स्थानान्तरण गरेको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि. सि., बैंक संचालक समितिकाअध्यक्ष सुदिप आचार्य, संचालकहरु चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा शाखा स्थानान्तरण पश्चात् कारोबार सुरु गरे ।
बैंकले हाल ८३ वटा शाखा तथा ३७ वटा एटिएमा मार्फत सेवा दिँदै आएको छ ।