प्राइमको कारण मर्जर भाँडिएको ओमको आरोप, संचालक नै विभाजित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2019 | 07:01:10 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रकृया टुट्ने अवस्थामा पुगेको छ। भदौ ३ गते सम्झौता भएको प्राप्ति सम्बन्धी प्रकृयाले ९ महिना पुग्दा पनि कुनै लय नलिएपछि नेपाल राष्ट्र बैंकको चाँसोको बिषय बन्न पुगेको छ। 

कात्तिक तेस्रो साता प्राइममा ओमको गाभिने प्रक्रियालाई सैद्धान्तिक सहमति दिएको दिएको राष्ट्र बैंकले आफ्नो शाख जोगाउन पनि प्राप्ति प्रकृयालाई सम्पन्न गर्न चाहेको देखिन्छ। तर दुवै बैंक आ आफ्नो बाटोमा लागेपछि राष्ट्र बैंकलाई चुनौती बढेको छ। 

राष्ट्र बैंकबाट सैदान्तिक सहमति लिएका दुवै बैंक विवादमा नै अल्मलिँदा निर्धारित समयमा मर्जर प्रक्रियामा कुनै प्रगति हुन सकेन। जस कारण संयुक्त मर्जर कमिटिले मर्जरको लागि राष्ट्र बैंकबाट ३ महिनाको समय थपेको थियो। 

थप गरिएको तीन महिनामा सकिनै लाग्दा समेत कुनै ठोस प्रगति हुने सम्भावना देखिएको छैन। बैशाख १३ गत थपिएको ३ महिनाको समय सकिनै लाग्दा पनि उपलब्धि हात नलागेपछि यो गाभ्ने गाभिने प्रकृया सम्पन्न गर्न राष्ट्र बैंकले बाध्य पार्न सक्ने संकेत गरेको छ। 

ओमले प्राइमबाट सहमति विपरितका गतिविधि भएकाले विलय हुन नसकिने भन्दै पत्र पठाएपछि राष्ट्र बैंकले पनि यसमा चासो देखाएको छ । राष्ट्र दुवै बैंकलाई बोलाएर मर्जरमा जान नसक्नुको ठोस कारण ल्याउन भनेको छ। तर दुवैले मर्जर तोड्नुको कुनै ठोस कारण दिन नसकेको राष्ट्र बैंक स्रोतको भनाई छ। 'हामीले दुबैं बैंकलाइ १३ गते सम्ममा मर्जर तोड्नुको ठोस कारण ल्याउनु पर्यो अन्यथा कारवाही गर्ने चेतावनी दिएका छौंँ' राष्ट्र बैंक स्रोतले भन्यो । स्वेच्छिक रुपमा मर्जरको सम्झौता गरेका यि दुई बैंहरुको मर्जर तोडिएमा अन्य बैंकको पनि मर्जर तोडिने सम्भावना बढेकाले चेतावनी दिनुपरेको स्रोतको भनाई छ। 

राष्ट्र बैंक नियमन विभागले दुबैं बैंकलाई यहि बैशाख १३ गते सम्ममा मर्जर तोड्नुको कारण पेश गर्न नसके हस्तक्षेप गरेर भए पनि मर्ज गराउने चेतावनी दिएको राष्ट्र बैंक स्रोतको दाबि छ। 

मर्जर प्रक्रियाका विवादहरु

राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएसँगै प्राइम बैंकको सञ्चालक समितिका सदस्यबीचमै ओमसँगको विलय प्रकृयालाई लिएर विवाद उत्पन्न भएको स्रोतको भनाई छ। प्राइमको संचालकहरु स्वापलाई लिएर दुई समुहमा विभाजित भएका छन। एउटा समुह विलय गर्नुपर्छ भन्नेमा रहे भने अर्को समुह गनु हुँदैन भन्ने पक्षमा उभिएको छ।

यहि विचमा प्राइमामा विवाद स्वाप रेसियोमा पनि देखिएको छ। सम्भौतामा डिडिएकै आधारमा स्वाप रेसियो निर्धारण गर्ने सहमति भएको थियो । डिडिए रिपोर्टमा स्वाप रेसियो प्राइमको १०० बराबर ओमको ८० दशमलव ८९ आयो। यदि दुबैं बैंकले सँगै साधारणसभा गरेमा भने डिडिए रिपोर्ट भन्दा ओमको स्वाप रेसियोमा २ दशमलव ५ प्रतिशत सम्म थप गर्न सकिने रिपोर्ट आएको थियो । त्यसमा प्राइमको तर्फबाट असहमति आएको छ। 

प्राइमले राष्ट्र बैंकको प्रावधानलाई आधार मान्दै ओमलाई १०० बराबर ८० सम्म मात्र दिन नसकिने बताएको स्रोतको भनाई छ । राष्ट्र बैंकको विधानमा डिडिए रिपोर्टमा आपसि समझदारीमा १० प्रतिशत सम्म घटबढ गरेर स्वाप रेसियो तय गर्ने सकिने व्यवस्था छ।

स्वापमा असन्तुष्टि बढेसँगै पुष ५ गते बसेको प्राइमको संचालक समिति बैंठकले बोनस प्रस्ताव गर्दै साधारणसभामा जाने निर्णय गरेको छ। तर प्राइमको उक्त निणर्य मर्जरको सम्झौता विपरित रहेको ओम डेभलपमेन्ट बैंकका अधिाकारीहरु बताउँछन।  मर्जर सम्झौताको बुँदा नम्बर १९ मा दुई बैंकले एकीकृत कारोबार सुरु गरेपछि मात्र एकमुष्ट लाभांश वितरण गर्ने उल्लेख छ । प्राइमले उक्त सम्झौतालाई पाखा लगाउँदै १६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको ओमको आरोप छ। यहि नै मर्जरमा प्रगति हुन नसक्नुको प्रमुख कारण रहेको ओम डेभलपमेन्ट बैंकका अधिकारीहरु बताउँछन् । प्राइमले ओमलाई कुनै जानकारी नै नदिई लाभांशं प्रस्ताव गरेकोले प्राइम बैंक प्रति आशंंकित हुने अवस्था आएको ओम स्रोतको भनाइ छ । 

सम्झौता विपरित प्राइमले लाभांश प्रस्ताव गरेपछि ओमले पनि राष्ट्र बैंक र प्राइमलाई जानकारी गराएर गत पुस २७ गते सञ्चालक समितिको बैठक आह्वान गरी १२ दशमलव ७० प्रतिशत लाभांश प्रस्ताव गरिसकेको छ । तर दुबै बैंकले हालसम्म साधारणसभा भने गरिसकेका छैनन्। 

प्राइममा संचालक र कर्मचारीबीच विवाद  

यस बीचमा प्राइममा संचालकहरुको विवाद तथा कर्मचारीको आन्दोलन लगायतको विवाद पनि बाहिर आइ रहेको छ। त्यसले पनि मर्जर प्रक्रियालाई वाधा पुर्याएको ओम स्रोतको भनाइ छ। यसरी मर्जर प्रक्रियामा प्राइमको तर्फबाट पटक पटक अवरोध आएपछि ओम डेभलपमेन्ट बैंक प्राइममा विलय हुन नसक्ने निष्कर्षमा पुगेको र अब पनि सहमति हुने सम्भावना न्यून रहेको ओम स्रोतको भनाई छ । प्राइम कमर्सियल बैंकले स्वाप रेसियो सञ्चालकमा प्रतिनिधित्व लगायतका विषयमा पनि ओमलाई स्थान दिन नचाहेको देखिएको बिजपाटी स्रोतले जनाएको छ । मर्जर सम्झौता भएदेखि नै ओमको शेयर करोबार रोक्का छ भने प्राइमले ओमलाई खरिद गर्न लागेकोले प्राइमको भने कारोबार सुचारु छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved