बैंकिङ प्रणालीमा १५ अर्ब पठाउँदै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 11:53:31 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुमा तरलता अभाव भएर अन्तर बैंक ब्याजदर बढेसँगै नेपाल राष्ट्र बैंकले बुधबार १५ अर्ब रुपैयाँ तरलता पठाउने भएको छ । राष्ट्र बैंकले ७ दिनको लागि रिपो मार्फत तरलता पठाउन लागेको हो । 

राष्ट्र बैंकबाट क, ख, र ग वर्गका जुसुकै बैंकहरुले बोलकबोल मार्फत पैसा लैजान सक्नेछन् । त्यको लागि ब’धबार ३ बजे भित्रमा राष्ट्र बैंकमा न्यूनतम ५ प्रतिशत ब्याज नघटाई बोलकबोल प्रक्रियामा सहभागि हुनुपर्नेछ । रिपोको म्याद बैशाख ११ देखि १८ गते सम्म ७ दिनको रहेको छ । 

बैंकहरुको सिसिडि रेसियोमा परेको चापले अन्तर बैंक कारोबार बढाउँदा त्यसको प्रभाव तरलतामा पर्न गएको छ । जसको कारण अन्तर बैंक ब्याजदर बढ्दा निरन्तर रुपमा नेपाल राष्ट्र बैंकले रिपो मार्फत बजारमा तरलता पठाइरहेको छ । 

सामान्य तय बैंकहरुमा अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा माथि जाँदा बजामा तरलता कम छ भन्ने हुन्छ भने ५ प्रतिशत भन्दा कम हुँदा तरलता बढी छ भन्न बुझिन्छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा माथि हुँदा रिपो मार्फत बजारमा तरलता पठाउने गर्दछ भने ५ प्रतिशत भन्दा तल गएमा रिर्भस रिपो मार्फत तरलता खिच्ने गर्दछ । 

राष्ट्र बैंकले बजारमा तरलताको अवस्थालाई मापन गर्नको लागि ब्याजदर कोरिडोर लागु गरिरहेको छ । ब्याजदर कोरिडोको न्यूनतम विन्दु ३ दशमलव ५ प्रतिशत र अधिकतम विन्दु ६ दशमलव ५ प्रतिशत रहेको छ । राष्ट्र बैंकले यहि विचमा रहेर अन्तर बैंक ब्याजदरको आधारमा रिपो तथा रिर्भस रिपो मार्फत बजारमा तरलता कम हुँदा पठाउने तथा अधिक हुँदा खिच्ने गर्दछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved