सिटी एक्सप्रेस मनी ट्रान्सफरले कार्यालय सञ्चालनमा ल्याएको छ । सिटीले यू.के स्थिर कार्यालय सञ्चालनमा ल्याएको हो ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.के का प्रबन्ध निर्देशक करम बहादुर गुरुङ्ग, प्रबन्ध निर्देशक चन्द्र टण्डन, यु.के का लागी नेपालका राजदूत डा.दुर्गा बहादुर सुवेदी एवम विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा संयुक्त रुपमा उक्त कार्यालयको उद्घाटन गरेका थिए ।
सिटी एक्सप्रेस यू.केले आफ्नो सेवा मोवाइल एप्लिकेशन र अनलाईन बाहेक यू.के भर आफ्ना प्रतिनिधि मार्फत पनि दिने योजना रहेको प्रबन्ध निर्देशक करम बहादुर गुरुङ्गले जानकारी दिएका छन् ।
सिटी एक्सप्रेसले १२ बर्षदेखि विश्वका विभिन्न मुलुकबाट सेवा प्रदान गर्दै आइरहेको छ ।