सेञ्चुरीको लाभांश पारित, सर्वसाधारण सञ्चालकमा को को ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2019 | 06:11:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले ६ दशमलव ५ प्रतिशत लाभांश पारित गर्दै ८ औं वार्षिक साधारणसभा सम्पन गरेको छ । बैंशाक १२ गते सम्पन्न बैंकको साधारणसभले सञ्चालक समितिले प्रस्ताव गरेको ४ दशमलव ५ प्रतिशत नगद लाभांश र २ प्रतिशत बराबरको बोनस शेयर पारित गरेको हो ।  साधारणसभाले २ प्रतिशत बोनस शेयरलाई अनुमोदन गरेसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।   

सञ्चालक समिति अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेश कुमार श्रेष्ठ, सुनिल कुमार न्यौपाने र अभिषेक बज्राचार्यलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।  

बैंकले मुलुकभर रहेका १११ वटा शाखाहरु, ८ वटा एक्स्टेन्सन काउन्टर र १३ वटा शाखारहित बैंकिङ इकाई मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved