यस्तो छ प्राइम र ओमको मर्जर टुट्नुको भित्रि कारण , राष्ट्र बैंकसँग हस्तक्षेपको विकल्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2019 | 04:06:50 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंक र ओम डेभलपमेण्ट बैंकबीचको मर्जर प्रक्रिया टुटेको छ । गत भदौ ३ गते प्राइम बैंकमा ओम डेभलपमेन्ट बैंक गाभिने सम्झौता भएको थियो । सम्झौता भएको ९ महिनापछि मर्जर प्रक्रिया टुटेको हो ।  कात्तिक तेस्रो साता नेपाल राष्ट्र बैंकले प्राइममा ओमको गाभिने प्रक्रियालाई सैद्धान्तिक सहमति दिएको थियो । प्राइम कमर्सियल बैंकले चासो नदेखाउँदा  मर्ज टुटेको ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारी बताउँछन् । 

राष्ट्र बैंकले दुबैं बैंकका अधिकारलिाई बोलएर मर्जर तोडे कारवाहि गर्ने चेतावनि दिएको थियो । राष्ट्र बैंकको उक्त चेतावनि सँगै दुबै बैंकले मर्जरको विषमा थप गृहकार्य गर्ने आशा सबैले लिएका थिए । तर कर्जको विषयमा पुन कुनै छलफल नै नभएको ओम डेभलपमेन्ट बैंकका प्रमुख कायकारी अधिकृत विश्व मोहन अधिकारी बताउँछन्। नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेर दुई बैंकको मर्जर गरउने अधिकार रहेको र राष्ट्र बैंकले फोर्स मजर गरे मा हो नत्र मर्जरको सम्भावना सकिएको सिइओ अधिकारी बताउँछन् । प्राइमको कारण मर्ज हुन नसकेको तर प्राइमले गरेको गल्तिको कारवाहि ओमले पनि भोग्नु पर्ने अवस्था आएको  उनि बताउँछन् । 

नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएसँगै यि बैंकहरुको मर्जरमा भन्दा विवादमा नै वढी समय विताउँदै गए । यसरि विवादमा नै अल्मलिँदा निर्धारित समयमा मर्जर प्रक्रियामा कुनै प्रगति हुन सकेन र संंयूक्त मर्जर कमिटिले मर्जरको  लागि राष्ट्र बैंकबाट ३ महिनाको समय थपेको थियो । थप गरिएको तीन महिनामा आज सकिए सँगै यि बैंकको मर्जर तोडिएको हो । राष्ट्र बैंकले हस्तक्षेप गरेर फोर्स मर्ज गरे मात्र प्रक्रिया अगाडी बढ्ने अन्यथा मजर तोडिएको ओमका सिइओले बताइसकेका छन् । 

राष्ट्र बैंकले कारवाहि गर्ने

प्राइम कमर्सिय बैंक र ओम डेभलपमेनट बैंकले नेपाल राष्ट्र बैंकले तोकेको सयमा मर्जर तोडिनुको ठोस कारण प्रस्तुत गर्न नसकेपछि नेपाल राष्ट्र बैंकले कारवाहि गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले गत साता दुबैं बैंकका अधिकारीहरुलाई बोलाएर मजृर तोडिनुको ठोस कारण सहित बैशाख १३ गते भित्र उपस्थित हुन निर्देशन दिएको थियो तर दुबैं बैंकले १३ गते सम्म जवाफ सहित उपस्थित नभएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नाराण प्रसाद पौडेलल बताए ।  अब राष्ट्र बैंकले दुबैं बैकलाई ऐनअनुसार कारवाहि गर्ने उनले जानकारी दिए । ऐनमा राष्ट्र बैंकले शाखा विस्तारमा रोक लगाउने, लाभांश वितरणमा रोक लगाउने जरिवाना तिराउने अथवा हस्तक्षेप गरेर मर्जर गराउने लगायतका अधिकार राष्ट्र बैंकसंग  रहेको छ । 

किन तोडियो प्राइम र ओमको मर्जर

स्रोतका अनुसार राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएसँगै प्राइम बैंकको सञ्चालक समितिमा ओमसँगको विलय प्रकृयालाई लिएर विवाद उत्पन्न भयो । प्राइमको संचालकहरु ओमसँगको स्वाप रेसियोलाई लिएर दुई समुहमा विभाजित भए । एउटा समुह विलय गर्नुपर्छ भन्नेमा रहे भने अर्को समुह गर्नु हुँदैन भन्ने पक्षमा उभियो । 

यहि विचमा प्राइमा अर्को विवाद स्वाप रेसियोमा पनि देखियो । सम्भौतामा डिडिएकै आधारमा स्वाप रेसियो निर्धारण गर्ने सहमति भएको थियो । डिडिए रिपोर्टमा स्वाप रेसियो प्राइमको १०० बराबर ओमको ८० दशमलव ८९ आयो । यदि दुबैं बैंकले सँगै साधारणसभा गरेमा भने डिडिए रिपोर्ट भन्दा ओमको स्वाप रेसियोमा २ दशमलव ५ प्रतिशत सम्म थप गर्न सकिने रिपोर्ट आएको थियो । त्यसमा प्राइमको तर्फबाट असहमति आएको थियो । प्राइमले राष्ट्र बैंकको प्रावधानलाई आधार मान्दै ओमलाई १०० बराबर ८० सम्म मात्र दिन नसकिने बताएको स्रोतको भनाई छ । राष्ट्र बैंकको विधानमा डिडिए रिपोर्टमा आपसि समझ्दारीमा १० प्रतिशत सम्म घटबढ गरेर स्वाप रेसियो तय गर्ने सकिने ब्यवस्था रहेको छ । 

यसमा असन्तुष्टि बढेसँगै पुष ५ गते बसेको प्राइम बैंकको संचालक समिति बैंठकले बोनस प्रस्ताव गर्दै साधारणसभामा जाने निर्णय गर्यो । तर प्राइमको उक्त निणर्य मर्जरको सम्झौता विपरित रहेको ओम डेभलपमेन्ट बैंकका अधिाकारीहरु बताउँछन् ।  मर्जर सम्झौताको बुँदा नम्बर १९ मा दुई बैंकले एकीकृत कारोबार सुरु गरेपछि मात्र एकमुष्ट लाभांश वितरण गर्ने उल्लेख छ । प्राइमले उक्त सम्झौतालाई पाखा लगाउँदै १६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गर्यो । यहि नै मर्जरमा प्रगति हुन नसक्नुको प्रमुख कारण रहेको ओम डेभलपमेन्ट बैंकका अधिकारीहरु बताउँछन् । प्राइममा संचालकहरुको विवाद तथा कर्मचारीको आन्दोलन लगायतको विवाद पनि मर्जर तोडिनु’को कारण रहेको ओम डेभलपमेनट बैंकका अधिकारीहरुको भनाइ छ । तर प्राइम कमर्सियल बैंकले भने यस बारमा कुनै प्रतिक्रिया जनाएको छैन ।  

मर्जर सम्झौता भएदेखि नै ओम डेभलपमेन्ट बैंकको शेयर करोबार रोक्का रहेको छ भने प्राइमले ओमलाई खरिद गर्न लागेकोले प्राइमको भने कारोबार भइरहेको छ । 


यस अघि : 

प्राइमको कारण मर्जर भाँडिएको ओमको आरोप, संचालक नै विभाजित

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved