३ महिना भित्र न्युनतम चुक्तापुंजी पुर्याउन बीमा समितिको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2019 | 01:08:39 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिका अध्यक्ष चिरिन्जीबी चापगाइले बीमा कम्पनीहरुलाई असार मसान्तभित्र तोकिएको चुक्तापुंजी पुर्याउन निर्देशन दिएका छन। सगरमाथा इन्स्योरेन्सको अनलाइन बीमालेखको उद्घाटनको क्रममा बोल्दै चापागाईले यस्तो बताएका हुन। 

बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको अन्त्यसम्म अर्थात अबको अढाई महिनासम्म पुंजी नपुर्याउने कम्पनीलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन। बीमा कम्पनीमा एनएफआरएस लागू भएकाले बार्षिक सभा ढिलो भएको स्वीकारदै अध्यक्ष चापागाईले यस आर्थिक बर्षभित्र सबै बीमा कम्पनीले वित्तीय विवरण सार्वजनिक गरि २०७४/७५ को साधारण सभा सम्पन्न गर्ने र त्यसपछि चुक्तापुंजी बढाउँनलाई बाटो खुल्ने बताए। साधारणसभापछि पनि न्युनतम चुक्तापुंजी कायम नगरे कारबाही गर्ने चेतावनी दिए।    

चुक्तापुंजी वृद्धिका लागि बीमा कम्पनीलाई हकप्रद बिक्रिको बाटो रोज्न नदिने बाटोमा आफु रहेको अध्यक्ष चापागाईले सरोकारवालाहरुसंगको अनौपचारिक कुराकानीमा बताउदै आएका छन। हकप्रदको बाटो रोज्दा बैंकिंग प्रणालीमा देखिएको समस्या बीमा कम्पनीमा ननिम्त्याउन समेत हकप्रदको बिकल्पमा जानलाई रोक्ने उनले बताएका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved