राष्ट्र बैंकमा ‘आकर्षक विभाग' का लागि दौडधूप सुरु, यी हुन सम्भावित कार्यकारी निर्देशक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2019 | 10:44:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका ५ जना कार्यकारी निर्देशकले यहि जेठ २५ गतेदेखि अनिवार्य अवकास पाउँदैछन। उनीहरुले अवकाश पाउने मिति नजिकिएसंगै कार्यकारी निर्देशक बन्ने क्रममा रहेकाहरुबीच आकर्षक बिभागको निर्देशक बन्नका लागि दौडधुप सुरु भएको पाइएको छ।

अनिवार्य अवकाशको एक महिना अघिदेखि विदामा बस्ने परम्पराअनुसार १७ मध्ये ५ कार्यकारी निर्देशकहरु नारायण पौडेल, नरबहादुर थापा, जनक बहादुर अधिकारी, भीष्मराज ढुंगाना र झलक शर्मा आचार्य यही बैशाख २५ देखि घर बिदामा बस्दैछन। 

बैक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक पौडेल, राष्ट्र ऋण व्यवस्थापनका थापा, माईक्रो फाईनान्स प्रवद्र्धन तथा सुपरीवेक्षणका अधिकारी, विदेशी विनिमयका ढुंगाना र बैंकिङ कार्यालयका कार्यकारी निर्देशक आचार्यले अनिवार्य अवकाश लिंदैछन।  उनीहरुले बिदा लिएसंगै नियमन र विदेशी विनिमय विभागको निर्देशक बन्नलाई कार्यकारी निर्देशक बन्ने लाइनमा रहेकाहरुबीच प्रतिस्पर्धा तिब्र बनेको छ।

विभागीय कार्यकारी निर्देशक कसलाई बनाउने भन्नेबारे गभर्नर चिरञ्जीवी नेपालमाथि दोहोरो दबाब सिर्जना हुन थालेको स्रोतको दाबी छ। सरकारको हस्तक्षेपका बाबजुत पनि योग्य र सक्षम निर्देशकहरुलाई कार्यकारी निर्देशकमा बढुवा गर्न कर्मचारीहरुले दबाब दिँदै आएका छन् भने अर्काे तर्फ आकर्षक मानिएका दुई विभागमा आफ्ना मान्छे पठाउनको लागि अर्थमन्त्रालयले समेत दबाब दिन सुरु गरेको स्रोतले जनाएको छ। 

बैंक तथा वित्तीय संस्था नियमन विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी पाउने आशमा उनीहरुले अर्थमन्त्री युवराज खतिवडा निकटकोमा धाउन थालिसकेको स्रोतले जनाएको छ। एक कार्यकारी निर्देशकको नाम र बिभागनै किटान गरि गभर्नरमाथि दबाब आईसकेको छ।

राष्ट्रबैंक स्रोतका अनुसार गभर्नर चिरञ्जीवी नेपालले वरिष्ठता क्रम अनुसार नै बैंकिङ कार्यालयका निर्देशक नरेश शाक्य, कर्पाेरेट प्लानिङ विभागका निर्देशक सुमन कुमार अधिकारी, अनुसन्धान विभागका प्रकाश कुमार श्रेष्ठ, बैंक तथा वित्तीय संस्था नियमन विभागका बम बहादुर मिश्र र विदेशी विनिमय विभागकी सरिता भट्टलाई कायम मुकायमको जिम्मेवारी दिने तयारी गरिरहेका छन् ।         

राष्ट्र बैंकको कर्मचारी सेवा नियमावली २०६८ ले अन्य कर्मचारीका हकमा ३० वर्षे सेवा अवधि वा ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउने व्यवस्था गरे पनि कार्यकारी निर्देशकका लागि भने ७ वर्ष निरन्तर सो पदमा रहेको व्यक्तिले समेत अनिवार्य अवकाश पाउने व्यवस्था गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved