एनआईसी एशियाका ग्राहकलाई ह्याम्स हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 11:19:01 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया NIC Asia Bank Limited  र ह्याम्स हस्पिटलबिच सम्झौता भएको छ । बैंक र अस्पतालबीच ह्याम्स हस्पिटलमा सहुलियतका लागि सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ह्याम्स हस्पिटलका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले ह्याम्स हस्पिटलमा उपचर गराउँदा १० प्रतिशत सम्मको छुट पाउने भएका छन ।  

बैंकले हाल नेपालभर २ सय ८२ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved