यूनाइटेड फाइनान्स United Finance Limited बाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । फाइनान्स र इन्स्योरेन्सबीच भएको सम्झौता अनुसार फाइनान्सले देश भर रहेका आफ्ना १६ शाखाहरुबाट महालक्ष्मी लाईफको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।
महालक्ष्मी लाईफले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना बजारमा ल्याएको छ ।
सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र महालक्ष्मी लाईफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।