आश्रम निर्माण गर्न सनराइज बैंकद्धारा आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2019 | 06:23:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले नवजीवन परोपकार समाजलाई नगद सहयोग गरेको छ । बैंकले सडक तथा असहाय व्यक्तिहरुको संरक्षणमा काम गर्दै आएको गैर सरकारी संस्था नवजीवन परोपकार समाजलाई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत दुई लाख ५० हजार सहयोग गरेको हो । 

बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी लगायतले समाजका अध्यक्ष दुर्गानाथ दाहाललाई चेक हस्तान्तरण गरे । 

सडकपेटीका बृद्धबृद्धा, बालबालिका तथा विभिन्न अस्पतालमा बेवारिसे अवस्थामा रहेका बिरामीहरुका लागि मनमैजु खुलाटारमा नवजीवन आदर्श आश्रम निर्माण गर्न यस बैंकले सहयोग रकम हस्तान्तरण गरेकोे हो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved