ग्रीन डेभलपमेन्ट बैंङ्कले पोखरा महानगरपालिका २, बाग्लुङ्ग बसपार्कमा शाखा खोलेको छ । बैंङ्कका अध्यक्ष गणेश कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्य तथा बैंङ्कका संस्थापक शेयरधनी दिपशंकर श्रेष्ठको उपस्थितीमा शाखा सञ्चालनमा आएको हो ।
बैंकका सिइओ आचार्यले बैंङ्कले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा उपलब्ध गराउँदै आएको जानकारी दिए ।