बैंक र बिमा कम्पनीलाई एक अर्काको ढाड नकन्याउँन अर्थमन्त्रीको सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 06:49:14 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युवराज खतिवडाले बैंक र बिमा कम्पनीलाई एक अर्काको ढाड नकन्याउँन सुझाव दिएका छन् । बिमा समितिको ५१ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले 'प्याकेज डिल' गरेर कार्य नगर्न सुझाव दिएका हुन् 

पछिल्लो समय बाणिज्य बैंक र बिमा कम्पनीबीच प्याकेज मै डिल हुने गरेको छ । जस अनुसार बैंकहरुले बिमा कम्पनीको बिमा लेख बेचिदिने र त्यस वापत विमा कम्पनीले बैंकमा निक्षेप राख्ने गरेका छन् । यहि प्रकारको सम्झौतालाई इंगित गर्दै मन्त्री खतिवडाले त्यसो नगर्न आग्रह गरेका हुन् 

मन्त्री खतिवडाले भने 'हामी नियामक हौ, हाम्रो आँखा चारै तिर हुन्छ, त्यस्तो डिलले अर्थतन्त्रलाई राम्रो गर्दैन, त्यसो नगर्नु' । 

त्यस्तै मन्त्री खतिवडाले लघु बिमालाई विस्तार गर्नको लागि जोड दिन आग्रह गरे । उनले लघुबिमामा गरिने लगानी १० प्रतिशत पुर्यांउन पनि सुझाव दिएका छन् । कार्यक्रममा मन्त्री खतिवडाले अरुको जोखिम बहन गर्ने बिमा कम्पनीहरु आफै जोखिममा पर्ने देखिएकोले 'सिस्टम्याटिक जोखिम' तर्फ ध्यान दिन सम्पूर्ण बिमा कम्पनीलाई आग्रह गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved