ओमका अध्यक्षले खोले प्राइम बैंकसंग मर्जर तोडिनुको रहस्य

विजय पराजुली

विजय पराजुली

May 17, 2019 | 09:46:56 AM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट बैंकका अध्यक्ष शुसिलकुमार गोसेलिले प्राइम कमर्सियल बैंकसँग मर्जर तोडिनुको रहस्य खोलेका छन। प्राइम बैंकमा रहेको कमचारि ओन्दोलनले गर्दा मर्जको प्रक्रिया अगाडी बढ्न नसक्नु र बैंकको आन्तरिक समस्या पनि समस्या मर्जर तेडिनुको प्रमुख कारण रहेको उनले   बताए। 

ओमले मर्जरको प्रक्रिया छिटो अगाडि बढाऔं भन्दा पनि प्राइममा आन्तरिक समस्याले गर्दा मर्जरमा चासो नदिएको उनले दाबि गरे। सहकार्यका लागि सहमतिमा सबै कुरा अगाडि बढे पनि प्राइमले सहमति उलङघन गर्दै बोनस प्रस्ताव गरको उनले आरोप लगाए। ओम र प्राइमबीच भएको सहमतिको १९ नम्बर बुँदामा एकीकरण गर्ने र एकैसाथ साधारण सभा गर्ने भन्ने सहमति गरिएको थियो तर त्यसमा प्राइमबाट उलंघन भएको उनले बताए।

ओम र एनएनमबीको सम्झौता कार्यक्रममा अध्यक्ष गोशेलिले पत्रकाहरुको जिज्ञासा सम्बोधन गर्दै भने 'प्राइम बैंकले सहमति उलङघन गरेसँगै नेपाल राष्ट्र बैंकलाई डिमर्जको लागि पत्र लेखेको हो, प्राइमसँग मर्जर समझौता गर्नु पुर्व पनि एनएमबीसँग एक चरणमा मर्जरको कुरा भयो र त्यति बेला विदेशि साझेदारको केहि मापदण्डमा एनएमबी बैंकसँग मर्जमा जान नसक्ने भएपछि प्राइमसँग सम्झौता गर्यौं'। 

भाग्यमा लेखेको पाइन्छ, देखेको पाइँदैन भन्या सही रहेछ भन्दै अध्यक्ष गोसेलिले भने, 'प्राइमसँग मर्जर नहुने भएसागै एमएनबीबाट पहिलेको मापदण्डमा केही लचकता अपनाउने गरी मर्जरको प्रस्ताव अगाडि आएको र छलफल छोटो समयमै सकरात्मक बन्दै मर्जरको सम्झौता भएको हो'।  

एनएमबी बैंक नेपालकै उत्कृष्ट मध्येको एक रहेको बताउँदै सौहार्दपूर्ण वातावरण सहमति भएको र यसमा कुनै समस्या नआउने पनि उनले दाबि गरे। एनएमबीसँगको मर्जर भाँडिन आकास नै खस्नुपर्ने अन्यथा कुनै पनि हालतमा भाँडिन नसक्ने उनको भनाई थियो।

प्राइमले बोनस प्रस्ताव गरेसँगै ओमले पनि १२.७० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको थियो । बैंकले उक्त प्रस्ताब स्वीकृतको लागि पठाएको र राष्ट्र बैंकले स्वीकृति दिएसँगैसाधारण सभाबाट पारित गरीने अध्यक्ष गोसेलिले बताए। बोनस पारित गरेसँगै बैंकको चुक्ता पुँजी २ अर्ब ८३ करोड पुग्ने उनले बताए।

दुई बैंकले डिडिए  रिपोर्टको आधारमा स्वाप रेसियो तय गर्ने गरी प्रारम्भिक सम्झौता गरेका छन् । मर्जर पछि बैंकको नाम एनएमबी बैंक नै रहनेछ। त्यस्तै चुक्ता पूँजी ११ अर्ब ५० करोड पुग्ने र कुल पूँजी तथा जगेडा कोषका २० अर्ब ४२ करोड रुपैयाँ पुग्ने बताइएको छ।

चैत्र मसान्त सम्मको विवरण अनुसार दुई बैंक एक आपसमा गाभिएसँगै निक्षेप १ खर्ब १८ अर्ब रुपैयाँ नाघ्नेछ । ऋण लगानी पनि १ खर्ब १२ अर्ब रुपैयाँ नाघ्नेछ। 

ओमसँग मर्ज भएसँगै बन्ने बैंकको कस्ट अफ फण्ड र आधार याजरमा भने केहि वृद्धि हुन्छ । ओमको कस्ट अफ फण्ड बढी भएकाले त्यसको प्रभाव एनएमबीमा पर्नेछ। अहिले एनएबीको कस्ट अफ फण्ड ७.२५ प्रतिशत र ओमको ९.०५ प्रतिशत छ। साउन १ गतेबाट एकीकृत कारोबार गर्ने लक्ष्य लिएको बैंकहरुको मर्जरसँगै शाखा संख्या १६३ वटा, ५ वटा एक्सटेनसन काउन्टर, १२० एटीएम र १५ सय भन्दा बढी कर्मचारी पुग्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved