एभरेष्ट बैंकद्धारा गोरखाको विद्यालयलाई पिउँने पानी र शौचालय हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2019 | 06:01:14 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited ले गोरखाको महालक्ष्मी विद्यालयलाई पिउँने पानी र शौचालय हस्तान्तरण गरेको छ । बैंकले कुनै पनि बालबालिकाले उचित शौचालय तथा पिउँने पानीको अभावमा विद्यालय नछोडुन् भन्ने उद्देश्यले सरकारी तथा सामुदायक विद्यालयहरुमा पिउँने पानी र शौचालय सहयोग गर्दै आएको छ ।  

बैंकका डेप्यूटी जेनरल म्यानेजर श्री राजिव जेनले सम्बन्धित नगरपालिकाका मेयर राजन राज पन्त, वडा अध्यक्ष कुल बहादुर कुँवरको उपस्थितीमा विद्यालयलाई पिउने पानीको सुविधा र शौचालय हस्तान्तरण गरेको हो । 

बैंकले हाल ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved