सनराइज बैंकको कामु सिइओमा आशा राणा, बैंकिङ क्षेत्रमा दोस्रो महिला सीईओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2019 | 01:37:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  को कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी नियुक्त भएकी छिन। प्रमूख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले अबकास पाएसँगै बैंकले राणालाई कामु प्रमुखको जिम्मेवारि दिएको हो।   

सनराइज बैंकमा सहायक महाप्रबन्धकबाट प्रवेश गरेकी राणाले जेठ १ देखि लागू हुने गरि कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी हुन। बैंकिङ क्षेत्रमा ३१ बर्षभन्दा बढि समय विताएकी राणा नेपालको बैकिङ क्षेत्रको दोस्रो महिला प्रमुख कार्यकारी अधिकृत बनेकी छिन् । 

राणाले सनराईज बैंकमा ११ बर्ष विताईसकेकी छिन । राणसँग हिमालयन बैंकमा १४ बर्ष, राष्ट्रिय बाणिज्य बैंकमा साढे ६ बर्ष काम गरेको अनुभब रहेको छ। उनले अमेरिकाको क्यालीफोर्निया स्थित स्ट्याण्डफोर्ड बिश्वबिद्यालयबाट सन १९८५ मा अकाउन्टिंग एसिस्टेन्टको रुपमा करियर सुरु गरेकी हुन।   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved