मेघा Mega Bank Nepal Limited ले ताप्लेजुङ हवाई दुर्घटनामा निधन भएका नेपाली सेनाका परिवालाई बिमा रकम प्रदान गरेको छ । दुर्घटनामा परि असामयिक निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई बैंकले बिमा रकम बापत पाँच लाख रुपैँया प्रदान गरेको हो ।
नेपाली सेनाका लेफ्टीनेन्ट कर्णेल प्रकाश थापाको उपस्थितिमा स्वर्गीय घिमिरेकी पत्नी शिलु विष्टलाई बैंकका सिईओ अनुपमा खुञ्जेलीले पाँच लाख रुपैँयाको चेक हस्तारन्तरण गरेकी हुन् ।
मेगा बैंकबाट रकम बुझेपछि स्वर्गीय घिमिरेकी पत्नी शिलुले ग्राहक वर्गको सुरक्षाका साथै अभिभावकत्व ग्रहण गरिदिएको भन्दै मेगा बैंकलाई धन्यवाद दिनुभयो ।
न्यूनतम एक सय रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्मचारी बचत खाता’मा बैंकले हरेक खातावालाको ५ लाख रुपैँयाको दुर्घटना बिमा गरिदिएको सिइओ खुञ्जेलीको भनाई छ । सिइओ खुञ्जेलीका अनुसार, ग्राहक र उनीहरुका परिवारलाई भैपरी आउने घटनामा सुरक्षा मिलोस् भनी बैंकले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ योजना ल्याएको छ । जसमा एक लाख रुपैँयाको मेडिकल इन्स्योरेन्स र ७ लाख रुपैँयाको दुर्घटना बिमा गरिएको छ ।