एनआईसी एशिया बैंकले जनकपुर उपमहानगरपालिका ८ स्थित पिडारी चोकमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरे ।
बैंकले हाल २८३ शाखा, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा दिँदै आएको छ ।