एटिएम मशिनमा नेपाली भाषा अनिवार्य, लागु नगर्ने बैंकलाई कारबाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2019 | 08:26:24 AM मा प्रकाशित

laxmi  sunrise bank

अब एटिएम मशिनमा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने भएको छ  । नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई ३० दिन भित्र एटिएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने ब्यबस्था मिलाउन निर्देशन दिएको हो  

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यस्तो ब्यबस्था ३० दिन भित्र लागु गरी लिखित रुपमा जानकारी गराउन निर्देशन दिएको हो । ३० दिन भित्र यस्तो ब्यबस्था लागु नगरेमा भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३७ उपदफा (२) बमोजिम कारवाही हुने राष्ट्र बैंकले जनाएको छ ।

एटीएमहरुमा नेपाली भाषाको प्रयोग नभएको जनगुनासो व्यापक रुपमा आएपछि यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved