सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ मोबाईल बैंकिङ्ग सेवा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 12:58:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ मोबाईल बैंकिङ्ग (बैंक स्मार्ट) सेवा सञ्चालनमा ल्याएको छ । नयाँ मोबाईल बैंकिङ्ग  मा थप सुविधा सहित अन्तर बैंक रकम ट्रान्सफर, इन्स्योरेन्स पेमेन्ट, बायोमेट्रिक लग इन, क्युआर पेमेन्ट, मोबाईल टपअप, एअर टिकट खरिद जस्ता विभिन्न अन्य सुविधाहरु सहित बैंक स्मार्ट भि फाईभको शुरुवात गरेको छ ।

यस मोबाईल एप्सबाट ग्राहकवर्गहरुले आफूसंग रहेका मोबाईलबाट माथि उल्लेख गरिएका विभिन्न सुविधाहरु उपयोग गर्न सक्ने छन् । नयाँ सुविधा भएको मोबाईल बैंकिङ्ग (बैंक स्मार्ट) एप्स एसएमएस र जिपिआरएस दुबैबाट प्रयोग गर्न सकिन्छ । बैंकले ८५ शाखा मार्फत यो सुविधाको थालनी गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved