हिमालयन बैंकको शाखा जनकपूरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 12:57:44 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited ले जनकपुरधाम उपमहानगरपालीका १ स्थित स्टेशनरोडमा शाखा सञ्चालनमा ल्याएको छ । यो बैंकको ५८ औ शाखा हो । उक्त शाखाको प्रदेश नं २ का मुख्यमन्त्री मो. लालबाबु रावतले उद्घाटन गरे । बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले बैंककोे साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्धारा आफ्नो व्यवसायलाई बढाउन आग्रह गरे । 

बैंकले १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख निक्षेप संकलन गरि कर्जा सापटको रुपमा उत्पादनशील व्यवसायिक तथा आधारभूत क्षेत्रमा ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको छ । बैंकले चालू वर्षको ९ महिनामा २ अर्ब ८६ करोड ५४ लाख संचालन मुनाफा आर्जन गरेको छ ।  हाल बैंकको एटिएम संख्या ११५ र विप्रेषण भुक्तानी काउन्टर १३ हजार ५०० भन्दा बढी रहेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved