महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2019 | 06:53:29 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited का ग्राहकलाई ओम हस्पिटल तथा रिसर्च सेन्टरमा विशेष छुट हुने भएको छ । बैंक र हस्पिटलबीच सम्झौता भएपछि बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले ओम हस्पिटलमा स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउने भएका हुन् । सामान्य स्वास्थ्य परीक्षण, प्याथोलोजी, रेडियोलोजी, अल्ट्रासाउन्ड, मेमोग्राम, इसिजि, इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, दन्तसेवा, शल्यक्रिया लगायत बेड चार्जमा बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले छुट प्राप्त गर्ने बैंकले जनाएको छ । 

सम्झौतामा बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक बाबु काजी कार्कीले हस्ताक्षर गरेका छन् । 

बैंकले हाल ९३ वटा शाखा मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved