बजेटमा बिग मर्जर राम्रो पक्ष हो, बैंकको संख्या घट्नै पर्छ - पवन गोल्यान , अध्यक्ष, एनएमबि बैंक

विजय पराजुली

विजय पराजुली

May 30, 2019 | 09:10:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा नेतृत्त्वको सरकारले आर्थिक बर्ष २०७६-७७ को बजेट सार्वजनिक गरेको छ। सरकारले आगामी आर्थिक बर्षको लागि १५ खर्ब ३२ अर्ब ९७ करोडको बजेट ल्याएको छ। यसको स्रोत व्यवस्थापनमा १० खर्ब राजश्वबाट उठाउने सरकारको लक्ष्य छ भने बाँकी अनुदान, आन्तरिक ऋण र बैदेशिक ऋणबाट जुटाउने भएको छ। 

अर्थमन्त्री ड़ा युबराज खतिवडाले बजेट भाषण गरेलगत्तै अर्थविद तथा व्यवसायीहरुले आ आफ्नो प्रतिकृया दिने क्रम जारि छ। धेरैले सरकारको बजेट सन्तुलित तथा व्यवहारिक नभएको बताई रहंदा एनएमबि बैंकका अध्यक्ष तथा धागो उत्पादन संघका पवनकुमार गोल्यानले उद्योगका लागि राम्रो बजेट आएको प्रतिकृया दिएका छन। 

'अहिलेको बजेट राजश्वमुखीबाट उत्पादनमुखी बनाउने गरि आएकोले राम्रो नै भन्नु पर्छ' गोल्यानले बिजपाटीसंगको कुराकानीमा भने, 'अर्थमन्त्री खतिवडाले स्वदेशी उत्पादन तथा उद्योगलाई संरक्षण र प्रोत्साहन गर्नेगरि अक्षरस बोल्नु भएको छ।'

कपडा उद्योगलाई बिजुलीमा ५० प्रतिशत छुट र ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सरकारको घोषणा अत्यन्तै सकरात्मक देखिन्छ। तर यो टेक्सटाइल र जुटमिलको लागि मात्रै हो या अरुलाई पनि हो त्यो हेरेर मात्र प्रतिकृया दिन मिल्ने गोल्यानले बताए। समग्रमा अहिलेको बजेट राम्रो र आशा देखाउने खालको छ। बजेट राम्रो छ तर कार्यान्वनको पाटो महत्त्वपूर्ण हुन्छ।   

बजेटमा बैंकको मर्जर

सरकारले बजेट मार्फत नै बैंक तथा वित्तीय संस्थाको मर्जर नीति ल्याएको छ। यो धेरै राम्रो पक्ष भएको एनएमबि बैंकको अध्यक्ष समेत रहेका गोल्यानको भनाई छ। 

'बैंकको संख्या घट्नै पर्छ, यो संख्या अब १५ वटामा झार्न सकियो भने अझैं राम्रो हुन्छ' गोल्यानले भने, 'बैंकको संख्या घट्ने हो भने अहिले घरि घरि बैंकिंङ प्रणालीमा देखिने तरलता, ब्याजदर जस्ता समस्यामा समेत न्यूनीकरण हुन्थ्यो ।' 

मर्जरको लागि प्रोत्साहन स्वरूप कर छुटको समय अवधी थप एक बर्ष दिनु सकारात्मक पक्ष भएको गोल्यानको भनाई छ । 'मर्जरका लागि कर छुटको सुविधालाई निरन्तरता दिनु राम्रो हो' उनले भने ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved