गरिमा विकास बैंकले भरतपुर महानगरपालिका २६ मिलनचोकमा शाखा सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका २६ का वडाध्यक्ष ज्ञान प्रसाद खनाल र बैंकका अध्यक्ष चन्द्रकान्त बरालले शाखाको उद्घाटन गरे ।
बैंकले हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३३ वटा एटीएम मार्फत सेवा दिँदै आएको छ ।