विनय रिजालले छाडे सहयोगी विकास बैंक, कामु सिइओमा सुन्दर खड्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 03:45:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय रिजालले बैंक छाडेका छन् । ४ बर्षका लागि सीईओ नियुक्त रिजालले १८ महिनामै बैंक छाडेका हुन् । २०७६ जेठ २६ गते पदबाट दिएको राजिनामा बैंक सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । 

उनलाई बैंकले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । रिजालले आफू बैंकमा आउँदा उत्साह, योजना र रणनीति बोकेर आएको भएपनि बैंककै आन्तरिक कारणले लागू गर्न नसकेको दुखेसो गरे । 

‘बैंकिङ क्षेत्रको आफ्नो २२ बर्षे अनुभवलाई व्यवहारिकरूपमा लागू गर्दै सहयोगी बैंकलाई राष्ट्रियस्तरको प्रतिष्ठित बैंक बनाउन चाहान्थे ।’ उनले भने– ‘तर आफू नीति, विधि र प्रविधिले चल्ने भएकाले बैंकमा त्यो वातावरण बन्न सकेन् ।’ नीति बाहिर रहेर दबाबमा काम गर्ने आफ्नो स्वभाव नभएको बताए । 

रिजालले सिइओ पद छोडेपछि अहिले बैंकको कामु सिइओको जिम्मेवारी सुन्दर खड्कालाई दिइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved