रिलायबल नेपाल लाइफका ग्राहकले अनलाईनमार्फत प्रिमियम तिर्न सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 04:21:11 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नेपाल क्लियरिङ्ग हाउसको भूक्तानी प्रणालीमार्फत डिजिटल भुक्तानी गर्न सक्ने गरि क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ । सम्झौता पत्रमा रिलायबल नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । रिलायबल नेपाल लाईफ क्लियरिङ हाउसको सदस्यका रुपमा जोडिने,पहिलो लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ ।

रिलायबल नेपाल लाइफले एजेन्ट कमिसन, तलब, भुक्तानी दिनुपर्ने बीलहरु, भुक्तानी लिनुपर्ने रकमहरु र लगानी सम्बन्धी कारोबार एनसीएचएलसँग आबद्ध भएका बैंक खाताहरुबाट सोभैm गर्न सक्नेछ । अब  रिलायबल नेपाल लाइफका बीमितहरुले प्रिमियम शूल्क पनि अनलाइनमार्फत तिर्न सक्ने कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved