राष्ट्र बैंकमा नयाँ पाँच कार्यकारी निर्देशक, कुन विभागमा को ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 07:53:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंक Nepal Rastra Bank मा ५८ वर्ष उमेरहद र ३० वर्ष सेवा अवधि पुरा गरी ५ जना कार्यकारी निर्देशकहरुले जेठ २६ देखी एकसाथ अवकाश पाएका थिए । ५ जना कार्यकारी निर्देशकको अवकाशसंगै रिक्त रहेको  उक्त पदमा गभर्नर डा. चिरञ्जिबी नेपालले बरिष्ठ निर्देशकबाट ५ जनालाई कामु कार्यकारी निर्देशक तोकेका छन् ।  

कामु कार्यकारी निर्देशकको जिम्मेवारी पाउनेहरुमा ४ जना आफुले काम गरिरहेको विभागको नै जिम्मेवारी पाएका छन् भने एक जनालाई अर्को विभागमा सरुवा गरिएको राष्ट्र बैंकले जनाएको छ । कर्णाली प्रदेशको योजना आयोगको उपाध्यक्ष समेत रहेका अनुसन्धान विभागमा कार्यरत निर्देशक डा.प्रकाशकुमार श्रेष्ठलाई सरुवा गरेर लघुवित्त विभागको जिम्मेवारी दिइएको छ । 

यस्तै बैंकिङ कार्यलयका नरेश शाक्यलाई त्यही विभाको प्रमुख बनाईएको छ । संस्थागत योजना विभागको जिम्मेवारी सोही विभागका कार्यरत निर्देशक सुमनकुमारलाई प्रदान गरिएको छ । प्रभावशाली मानिएको नियमन विभागको जिम्मेवारी बमबहादुर मिश्रले पाएका छन् भने विदेशी विनिमय विभागको जिम्मेवारी सरिता भट्टलाई दिइएको छ । बरिष्ठताको आधारमा कामु कार्यकारी निर्देशकको जिम्मेवारी पाएका पाँचै जना एक महिनापछि स्वतः कार्यकारी निर्देशक हुनेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved