ज्योति लाईफका ग्राहकलाई काठमाडौँ ग्रुप अफ होटल्समा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 01:50:01 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकलाई काठमाडौँ ग्रुप अफ होटल्समा छुट हुने भएको छ । इन्स्योरेन्स र होटल्सबीच भएको सम्झौता अनुसार ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले काठमाडौं ग्रुप अफ होटल्सको सञ्जालभित्र आबद्ध भएका देशभरका सात वटै होटलमा फुड एण्ड वेभरेज सेवामा छुट पाउने छन् । 

काठमाडौं ग्रुप अफ होटल्स अन्तर्गत काठमाडौं गेष्ट हाउस (ठमेल), मायामनोर बुटिक होटल, (हात्तिसार), पार्क भिलेज रिसोर्ट (बुढानिल्कण्ठ) वाटर फ्रन्ट रिसोर्ट (पोखरा) हिमालय फ्रन्ट रिसोर्ट (सराङकोट), बुद्धमाया गार्डेन होटल (लुम्बिनी) र मारुनी स्यानचुरी लज (चितवन) सञ्चालनमा छन् । 

सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र काठमाडौं ग्रुप अफ होटल्सका प्रबन्ध निर्देशक दिवकर राज कर्णिकरले हस्ताक्षर गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved