तीन माग पूरा भए वाणिज्य बैंकहरु मर्जमा जान तयार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2019 | 02:54:24 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले मौद्रिक नीति मार्फत मर्जरलाई प्रोत्साहन गर्ने नीति लिन सुझाब दिएको छ। सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत ठुला बैंकहरुलाई मर्ज गर्ने नीति लिएको छ। 

बैंकहरुलाई मर्जरमा लैजानलाई केहि नीतिगत छुटको व्यवस्था गर्नुपर्ने संघले राष्ट्र बैंकलाई बुझाएको २७ बुंदे सुझाबमा उल्लेख छ। राष्ट्र बैंकले बैंकहरुको संख्या कम गर्नलाई मर्जर नीति लिएपनि विकास बैंक र फाइनान्स मात्र मर्जर तथा प्राप्ति प्रकृयामा सामेल भएको तर क बर्गका बाणिज्य बैंकहरुको संख्या उस्तै रहेको संघको सुझाबमा उल्लेख छ। 

संघले पठाएको सुझावको २४ नंम्बर बुँदामा  ‘मर्जर र एक्यूजिसन सम्बन्धीः नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउने लक्ष्य लिएकोमा मुख्यतः ‘ख’ तथ ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु मर्जर/एक्यूजिसनमा गएको अवस्था छ । ‘क’ वर्गका बैंकहरुलाई समेत यसलाई प्रोत्साहन गर्न केहि नीतिगत छुट र व्यवस्था लागु गर्न उचित हुनेछ, उदाहरणका लागि तहाँबाट तोकिएको दर, अनुपात र व्यस्थापन आदिमा केहि छुट प्रदान गरिनु पर्ने’ भनिएको छ। 

राष्ट्र बैंकलाई मर्जरमा जान प्रोत्साहन गर्न ब्यवस्था गर्न पहिलो पटक बैकर्स संघले  औपचारिक सुझाव पठाएको राष्ट्र बैंक स्रोतले जनाएको छ। बैंकर्स संघले राष्ट्र बैंकलाई पठाएको सुझावमा रेट, रेसियो र पोर्टर्फलियोमा सहुलियत मागेको छ ।

यो पनिः 

मौद्रिक नीतिमा समावेश गर्न बैंकर्स संघको २७ बुँदे सुझाव (सूचीसहित)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved