लघुवित्त धेरै हुँदा श्रीमान-श्रीमतीबीच झगडा बढ्यो, मर्जमा जानै पर्छ: अध्यक्ष जोशी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2019 | 08:25:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लघुवित्त संघका अध्यक्ष रामचन्द्र जाेशीले लघुवित्तले त्रसित भयर काम गर्नु पर्ने अवस्था रहेकाे बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा लघुवितकाे संख्या धेरै हुँदा डुप्लिकेसन बढ्दै गएकाे र यसले गर्दा श्रीमान-श्रीमती विच झगडाकाे अवस्था आएको उनले बताए ।

उनले अब लघुवित मर्जरमा नजाने हाे भने लघुवित क्षेत्रका ठुलाे दुघटना हुने दाबी गरे । मर्जरको लागि राष्ट्र बैंकलाई सहयोग गर्न संघ तयार रहेको उनले प्रष्ट पारे । तर आफुसंग छलफल नै नगरी राष्ट्र बैंकले मर्जर नीति ल्याउन लागेकोमा आपत्ति व्यक्त गरे । उनले कानुन बिना नै १७-१८ वटा संस्थाको हकप्रद रोकेको प्रति गुनासो गरे । उनले पुँजी वृद्धि गरेर लगानी बढाउनु पाउनु पर्ने माग गरे ।

अध्यक्ष जोशीले राष्ट्र बैंकले आफुहरुलाई वास्ता गर्न छोडेको भन्दै गुनासो ब्यक्त गरे । उनले भने ' राष्ट्र बैंकले विभिन्न निर्देशन जारी गर्दा  क,ख र ग लाई बोधार्थ भन्छ, तर हामीलाई भन्दैन । अघिल्लाे बर्षमा वाषिर्कोत्सवमा संघबाट एक जना पतिनिधि बोलाउने गरे पनि यस बर्षबाट बाेलाउन छाेड्याे । ' उनले गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दा पनि राष्ट्र बैंकले उपेक्षा गरेको बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved