किन लघुवित्त बिरुद्द आगो ओकले गभर्नर नेपालले ? मर्जर रोक्न नेताकहाँ नधाउन निर्देशन (भिडियो)

विजय पराजुली

विजय पराजुली

Jun 14, 2019 | 07:43:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिन्जीबी नेपालले लघुवित्त बिरुद्द कडा रुपमा प्रस्तुत भएका छन। प्रायजसो सार्वजनिक कार्यक्रममा शान्त देखिने गभर्नर नेपाल राजधानीमा आयोजित एक कार्यक्रममा लघुवित्तले ठुलो गल्ति गरेको आशयमा सम्बोधन गर्दै उनीहरुलाई कुनै पनि हालतमा मर्जरमा जान निर्देशन दिएका छन।

कुनै बेला बाणिज्य बैंकहरुको चुक्तापुंजी बढाउने निर्णय गर्दा बैंकका सीईओ र अध्यक्षहरु आफु बिरुद्द लागेको आरोप लगाउदै उनले अहिले लघुवित्तलाई त्यस्तो केहि नगर्न चेतावनी दिएका छन। 

बाणिज्य बैंकको चुक्तापुंजी चार गुणाले बढाउने निर्णय गर्दा संसदको अर्थ समितिमा ५० पटक जानु परेको भन्दै गभर्नर नेपालले आफुले मर्जरका लागि लिने निर्णयमा दबाब खेपिसकेको बताए।   

आफुहरु दिगो विकासका लागि अगाडी बढिसकेको बताउदै जति रोई कराई गरेपनि लघुवित्तहरुलाई मर्जर गराउने निर्णयबाट आफु कुनै पनि हालतमा फिर्ता नहुने स्पष्ट पारेका छन।

'तपाईंहरु मेरो र केन्द्रीय बैंकको जति नै विरोध गर्नु केही फरक पर्दैन, तपाईहरुले भोलि रुन नपर्ने, नेताहरुकोमा जान नपर्ने, पावर लाउन नपर्ने गरि मर्जरमा जानुहोस' गभर्नर नेपालले भने, 'श्रीमान एउटा, श्रीमती अर्कोमा हुनुन्छ अब यस्तो नगर्नु, मर्जर गराउनु, ४०-५० वटा संस्था भएर आउनुहोस।' 

पुरा भिडियोमा हेर्नुहोस: 





 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved