बैंकलाई ब्रोकर लाइसेन्स दिने काम हाम्रो होइन, भ्रममा नपरौं: राष्ट्र बैंक

विजय पराजुली

विजय पराजुली

Jun 17, 2019 | 05:30:00 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिकको तयारी हुँदै गर्दा बैंकलाई ब्रोकर लाइसेन्सको बिषयले चर्चा पाउन थालेको छ। चालू आर्थिक बर्षको मौद्रिक नीति मार्फत बैकलाई ब्रोकर लाइसेन्स दिनलाई राष्ट्र बैंकले सैद्वानित रुपमा बाटो खोलेपनि अहिलेसम्म त्यसले ठोस रुप लिन सकेको छैन।

अहिलेसम्म कुनै पनि बाणिज्य बैंकले धितोपत्र व्यवसायीको कारोबार गर्नलाई ब्रोकर लाइसेन्स पाएका छैनन। बजारमा बाणिज्य बैंकले ब्रोकर लाइसेन्स पाएको चर्चाबारे नियामक नेपाल धितोपत्र बोर्डले कुनै पनि बैंकले ब्रोकर लाइसेन्स नपाएको पुष्टि गरेको छ। 

यता नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बाणिज बैंकहरुलाई ६ महिनाअघि नै ब्रोकर लाइसेन्स प्रदान गर्न उनीहरुको प्रवन्ध पत्र र नियमावलीको उदेश्य  संशोधनको लागि अनुमति दिएको वताएका छन। धितोपत्र व्यवसायीको कारोबार गर्न पाउनेगरि प्रबन्धपत्र र नियमावली संसोधनको लागि अनुमति दिनु र ब्रोकर लाइसेन्सको अनुमति पाउनु फरक कुरा भएको उनको भनाई छ।

'बैंकलाई ब्रोकर लाइसेन्स दिने काम राष्ट्र बैंकको होइन, यो हाम्रो क्षेत्राधिकार भित्रको बिषय होइन' उनले भने, 'बैंकको नियामकको हिसाबले सहायक कम्पनी मार्फत ब्रोकर व्यवसायीको काम गर्नलाई उनीहरुको प्रबन्धपत्र र नियमावलीको उदेश्य संसोधनको लागि मात्रै अनुमति दिएको हो।'

आफ्नो नाम कोट गरेर नेपाल राष्ट्रबैंकले दशवटा वाणिज्य बैंकहरुलाई ब्रोकरेज सेवा संचालनको अनुमति दिएको भन्ने समाचारमा कुनै सत्यता नभएको समेत उनले बताएका छन। 'मेरो नाम कोट गरेर बैंकलाई ब्रोक्रेज सेवा संचालनको अनुमति दिएको भन्ने कुरा आएको छ, त्यो सहि होइन भनेर लेखिदिनुहोस' उनले बिजपाटीलाई भनेका छन। 

नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एशिया, बैंक अफ काठमाण्डू, कुमारी बैंक लिमीटेड, सिद्धार्थ बैंक, जनता बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सियल बैंक र सानिमा बैंकलाई उनीहरुको प्रवन्धपत्र र नियमालीमा ब्रोकर कम्पनी स्थापना गर्न सक्नेगरी उद्देश्य थप गर्न अनुमति दिएको हो। 

सिभिल बैंकले प्रवन्धपत्र र नियमाली संशोधनको अनुमति पाउने क्रममा रहेको र कृषि विकास बैंक, हिमालयन बैंक, नबिल बैंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, सिटिजन्स इन्टरनेशनल बैंक र सनराइज बैंक लिमिटेड प्रवन्धपत्र र नियमालीो संशोभनको लागि राष्ट्र बैंकसँग स्वीकृति माग गरेको प्रवक्ता निरौलाले जानकारी दिए ।

बैंकहरुले ब्रोकर कारोबार गर्ने नभएर उनिहरुलाई सहायक कम्पनी मार्फत बोकरको काम गर्न सैदान्तिक सहमति प्रदान गर्ने काम मात्र राष्ट्र बैंकको रहेको प्रवक्ता निरौला बताउँछन् । हालसम्म कुनै पनि बैंकलाई ब्रोकर लाइसेन्स प्रदान गर्न सैदान्तिक सहमति प्रदान नभएको राष्ट्र बैंकले जनाएको छ।

धितोपत्र व्यवसायीको कारोबार गर्न बैंकहरुबाट अनरोध आएको अवस्थामा उनीहरुलाई छुट्टै सहायक कम्पनी स्थापना गरि यस्तो कारोबार गर्न सक्ने व्यवस्था मिलाउने राष्ट्र बैंकको चालू आर्थिक बर्षको मौद्रिक नीतिमा उल्लेख छ।  

ब्रोकर लाइसेन्स दिने काम धितोपत्र बोर्डको 

पुंजीबजारको नियामक भएकाले कसलाई ब्रोकर लाइसेन्स दिने नदिने भन्ने क्षेत्रअधिकार धितोपत्र बोर्डको भएको भन्दै अहिलेसम्म कुनै पनि बैंकले ब्रोकर लाइसेन्स नपाएको बोर्डले जनाएको छ। 'नेप्सेको सिफारिसमा धितोपत्र बोर्डले ब्रोकर लाईसेन्स दिने हो' बोर्डका एक अधिकारिले भने,'अहिलेसम्म नेप्सेले ब्रोकर लाइसेन्सबारे कुनै माग गरेको छैन, नत हामीकहाँ कुनै बैंकको सिफारिस आएको छ, बजारको चिया गफ सुनेर आएका कुरा चियागफ मात्र हुन।'         

प्रबन्धपत्र तथा नियमावली संसोधनको लागि अनुमति पाएका बैंकहरु:



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved