कसरी रोकियो सनराइजमा निरज श्रेष्ठको सीईओको यात्रा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 03:21:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सञ्चालक समितिको पुर्ण समर्थनमा बीना नै सिइओ नियूक्त भएको भन्दै सुरु भएको सन्राइज Sunrise Bank Limited को विवाद उत्कर्समा पुगेको छ । बैंक सञ्चालक समितिको बैठकले असार २ गते देखि कार्यभार सम्हाल्ने गरी निरज कुमार श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । आफ्नो नियुक्तीलाई लिएर सञ्चालकमा विवाद उत्पन्न भएपछि श्रेष्ठले बैंकको कार्यभार सम्हालेका छैनन् । उनको नियुक्तलाई लिएर शैलेन्द्र गुरागाई पक्षका सञ्चालकहरुले विरोध जनाइरहेका छन् ।   

असन्तुष्ट पक्षले निरज श्रेष्ठका ठाउँमा अरुनै सिइओ ल्याउनुपेर्न लविङ गरिरहेका बताइन्छ । श्रेष्ठले ४ वर्षे कार्यकाल नपुग्दै माछापुच्छ्रे बैंक छोडेकोले अस्थिर प्रकृतिको सिइओ बैंकमा ल्याउन नहुने पक्षमा गुरागाई समुह रहेको बताइन्छ । सञ्चालक समितिका अध्यक्ष र केही सञ्चालकले आफ्नो स्वार्थ अनुकुल एक पक्षीय रुपले निर्णय गरी श्रेष्ठलाई तत्कालै नियुक्ति पत्र दिएको भन्दै गुरागाई समुहले असन्तुष्टी जनाएका थिए । 

बैंकको सञ्चालक बीचको विवाद समाधान भएर सहमति भएमा मात्र श्रेष्ठले सिइओको कार्यभार सम्हाल्ने अन्यथा उनले बैंकको कार्यभार सम्हाल्ने सम्भावना नरहेको स्रोतले जनाएको छ । प्रमुख कार्यकारीमा नियुक्त श्रेष्ठले विशेष परिस्थिको कारण जिम्मेवारी लिन नसकने जनाएको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृतले कार्यभार नलिदाँ सम्मको लागि आशा राणा अधिकारीलाई नै निमित्त प्रमुख कार्यकारी अधिकृमा निरन्तरता दिने  भन्दै बैंकले बैंकले नेप्सेलाई पत्र लेखेको छ । 


के थियो बैंकमा विवाद 

गत जेठ २२ गते बसेको सञ्चालक समितिको बैंठकले निरज क्षेष्ठलाई ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । श्रेष्ठलाई सिइओ नियुक्त नगर्न केही सञ्चालकले सञ्चालक समितिको बैठमा आग्रह गरेको तर सञ्चालन समितिको बहुमत सदस्यले केही सञ्चालकको असहमतिका बाबजुत श्रेष्ठलाई नियुक्त गरेको असन्तुष्ट पक्षले बताउँदै आएको छ ।  सञ्चालक समितिले श्रेष्ठलाई सिइओ नियुक्तीको पत्र दिएसँग शैलेन्द्र गुरागाई लगायतको असन्तुष्ट समुहले उक्त नियुक्ती रोक्न माग गर्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको छ ।   

स्वार्थ अनुकुल केहि संचालक सदस्यले एक पक्षीय रुपले निर्णय गरी तत्कालै नियुक्ति पत्र दिएको सञ्चालक गुरागाईले नेपाल राष्ट्र बैंकमा दर्ता गराएको असहमति पत्रमा उल्लेख छ । एजेन्डामा ‘प्रमुख कार्यकारी नियुक्ति सम्बन्धमा’ भनि भ्रमित शिर्षक राखेर निर्णय गरिएको भन्दै गुरागाईले सीईओ को नियुक्तीलाई लिएर सुरुदेखि नै असन्तुष्टि जनाउदै आएका थिए । 

‘प्रमुख संस्थापक सेयरधनीहरु मध्ये सबैभन्दा बढी सेयरको प्रतिनिधित्व गर्ने सञ्चालक र सर्बसाधारण शेयरधनीको तर्फबाट करिव ८० प्रतिशत प्रतिनिधित्व गर्ने सञ्चालकहरुलाई गुमराहमा राखी त्यस्ता सञ्चालकको अनुपस्थितिमा हतार हतार निर्णय गरेको कार्यप्रति असहमति प्रकट गर्दछु’ असहमति पत्रमा उल्लेख छ।

केहि संचालकको आँखा छलेर गरिएको यस्तो नियुक्तिले बैंकको साख समेत गिर्ने भन्दै यस्तो कार्य रोक्न तथा रोकी पाउन गुरागाईले राष्ट्र बैंकसमक्ष माग गरेका छन। 

सीईओको नियुक्ति बहुमतले भएको हुँदा यसमा कानुनी विवाद नरहने कानुन विदहरुको भनाई छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved